पञ्चे बाजा बजाएको अभियोगमा प्रचण्डलाई ५ हजार जरिवाना

काठमाडौं, २४ कार्तिक । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आचारसंहिता उल्लंघनमा ५ हजार जरिवाना गर्ने निर्णय गरेको छ ।
गोरखा–२ मा मनोनयन दर्ता गर्दा पञ्चे बाजा बजाएको भन्दै आयोगले यसअघि प्रचण्डलाई स्पष्टीकरण सोधेको थियो ।
आयोगले सोधेको स्पष्टीकरणमा प्रचण्डले आफूले बजाउन नलगाएको, योजना नबनाएको, स्वतस्फुर्त रूपमा भएको जवाफ दिएका थिए ।
बिहीबार आयुक्तहरूको बैठकले उनलाई आचारसंहिता उल्लंघनमा ५ हजार जरिवाना गर्ने निर्णय गरेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


