मेटमणि चौधरीलाई कारबाही गर्न आयोगलाई पत्राचार

काठमाडौं, २३ कार्तिक । मधेसी आयोगले सहरी विकासमन्त्रीसमेत रहेका मेटमणि चौधरीलाई कारबाही गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको छ ।
दाङ १ मा गठबन्धनबाट उम्मेदवार रहेका चौधरीलाई कार्तिक २१ गतेको एक टेलिभिजनबाट प्रसारित कार्यक्रममा मधेसीविरुद्ध अपमानजनक अभिव्यक्ति दिएको भन्दै मधेसी आयोगले कारबाहीका लागि पत्राचार गरेको हो ।
चौधरीले मधेसी समुदायलाई ‘विवेकहीन र चेतना नभएको समुदाय रहेको’ जस्तो विभेदपूर्ण र जातीय विभेदमा केन्द्रित भाषण गरेको भन्दै आयोगमा उजुरी परेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


