जनकपुरधाम, २३ कार्तिक । धनुषा क्षेत्र नं. १ मा जनमत पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका किशोरी साह कमलले वुद्धिजीविहरुसँगको छलफलका साथै घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।

पाँचदलीय गठबन्धनबाट सांसद समेत रहेका पूर्वमन्त्री मातृका प्रसाद यादव र एमाले–जसपा गठबन्धनबाट दिपक कार्की उम्मेदवार रहेको सो क्षेत्रमा एमाले त्यागेर जनमतबाट उम्मेदवारी दिएका कमलले जनताको घरघरमा पुगेर आफ्नो पक्षमा मत मागिरहेका छन् ।बुधबमर उनी हंसपुर नगरपालिकाको विभिन्न गाउँमा घरदैलो गरेका छन् ।

कमल एमालेमा लामो समय रहेर राजनीति गरेपनि एमालेले टिकेट नदिएपछि अन्ततः जनमत पार्टीबाट उम्मेदवार दिएका हुन् । उनी भन्छन् ‘एमाले भित्र रहेर लामो समय राजनीति गरे पनि अन्यायमा परे तर जनताले अन्याय गर्दैनन् ।’ यहाँका हरेक जनतालाई मेरो लगानीबारे थाहा छ, जनताले मलाई यो निर्वाचन मार्फत न्याय दिनेछन् ।

कांग्रेसको बाहुल्यता हुँदाहँुदै पनि कांग्रेस सिद्वान्त र गतिहिन भएको, एमालेले जेनुन नेतासँग अन्याय गरेको र मधेशवादी दलले सत्ता र स्वार्थको मात्र खेती गरेको कुरा जनताले बुझेको परिपेक्षमा कमल क्षेत्रवासीका लागि उत्तम विकल्प रहेको कतिपयको भनाई छ ।

बाहुल्यता हुँदाहुँदै पनि कांग्रेस, एमाले र माओवादीले क्षेत्रका लागि केहि गर्नु भन्दा पनि जनतालाई आफ्नो कब्जामा राखेर अस्वभाविक काम गर्न बाध्य बनाएको परिस्थितीमा आफ्नो सहज जित हुने कमलको दावी छ ।