आफ्ना सन्तती र आगामी पुस्ताका लागि सहि उम्मेदवार चुन्न मतदातालाई डा. झाको आह्वान

जनकपुरधाम, २३ कार्तिक । धनुषा निर्वाचन क्षेत्र नम्बर ३(क)को प्रदेशसभा सदस्य पदका उम्मेदवार डा. प्रसन्नकुमार झाले आफ्ना सन्तती र आगामी पुस्ताका लागि सहि उम्मेदवार चुन्न मतदातालाई आह्वान गरेका छन् ।
बुधबार धनौजी गाउँपालिकाको कटैया र तरहीमा घरदैलोका लागि पुगेका डा. झाले भने, ‘तपाइको एउटा मत गलत व्याक्तिलाई जाँदा तपाइले मात्रै नभई तपाईंका सन्ततीले पनि दुःख पाउँछन्, त्यसकारण सहि उम्मेदवारलाई चुन्नु होला ।’ उनी भन्छन्, ‘मेरो जित मेरो वा जनमतको जीत मात्रै होइन यस क्षेत्रको सम्पूर्ण जनताको जीत हुनेछ ।’
यसअघि चुनाव जितेर सांसद बनेकाहरुले यो क्षेत्रको विकास र जनताका लागि ठोस र नमूना काम केहि पनि नगरेको दृष्टान्त दिँदै झाले भने, ‘आफू निर्वाचित भए जनताको शीर कहिल्यै पनि झुक्न दिदिन ।’
यो क्षेत्र र यस क्षेत्रका जनताको विकास नै मेरो एक मात्र लक्ष्य रह्ने उनको भनाइ थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


