काठमाडौं, २३ कार्तिक । गृहमन्त्री एवं रुपन्देही–३ बाट नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणको उम्मेदवारी रद्द गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

खाँणले बहुविवाहको कसुर गरेको दाबी गर्दै उम्मेदवारी खारेज गर्न माग गरिएको हो । २०४८ सालअघि नै दोस्रो विवाह गरेका खाँण उम्मेदवार हुन अयोग्य रहेको भनी उजुरी परेको हो ।

त्यतिबेला बहुविवाह नेपालको कानुनअनुसार कसुरका रुपमा परिभाषित नै थिएन । प्रहरीकोमा जानुपर्ने उजुरी आयोगमा आएकाले त्यसउपर कुनै निर्णय नहुने आयोगस्रोतले बताएको छ ।