विराटनगर, २३ कार्तिक । प्रदेश १ सरकारले बिहीबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

सो प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापाको निधनको शोकमा प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव अर्जुन निरौलाले विज्ञप्ति जारी गर्दै मन्त्री थापाको शोकमा प्रदेश सरकारका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।

थापा कांग्रेसका तर्फबाट प्रदेशसभाका उम्मेदवार पनि थिए । उनको निधनको शोकमा प्रशेशमा भोलि राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि भएको छ ।