रौतहट, २३ कार्तिक । प्रहरीले लागूऔषधसहित रौतहटबाट एकजना कारोबारीलाई पक्राउ गरेको छ ।

प्रहरी कार्यालय चन्द्रनिगाहपुर र लागूऔषध नियन्त्रण ब्यूरो वीरगञ्जबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले चन्द्रपुर नगरपालिका–४ स्थित संजय होटलबाट एकजना लागूऔषध कारोबारीलाई पक्राउ गरेको हो ।

होटलमा बसिरहेका रौतहट चन्द्रनिगाहपुर–६ गुम्बाटोल बस्ने ३२ वर्षीय करण राईलाई लागूऔषध नाईट्रोभेट ६४५ ट्याब्लेट र कोडिबेल सिरप ३८ बोतलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।