जनकपुरधाम, २३ कार्तिक । नेकपा माओवादी केन्द्रको मधेस प्रदेश कमिटीले तीन जनालाई पार्टी नीति विपरीत स्वतन्त्र उम्मेदवारी दिने, उम्मेदवारको प्रस्तावक र समर्थक बस्नेलाई कारबाही गरेको छ ।

मधेस प्रदेशका इन्चार्ज गणेश साहले पार्टीको साधारण सदस्य समेत नरहनेगरी तीन जनालाई कारबाही गरेका हुन् ।

महोत्तरी क्षेत्र नम्बर १ अन्तर्गत ‘ख’मा माओवादीकै भरत साह उम्मेदवार रहेकोमा उनीविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका विष्णुबहादुर योञ्जनलाई कारबाही गरिएको हो ।

योञ्जनको प्रस्तावक बसेका पृथ्वीबहादुर बलम्पाकी र समर्थक विजयकुमार यादवलाई समेत कारबाही गरिएको छ ।