मोरङ–३ को प्रदेशसभा (क) को निर्वाचन नरोकिने

काठमाडौं, २३ कार्तिक । मोरङ क्षेत्र नम्बर–३ को प्रदेशसभा (क) को निर्वाचन नरोकिने भएको छ । त्यहाँका नेपाली कांग्रेस उम्मेदवार शेखरचन्द्र थापाको निधन भए पनि निर्वाचन नरोकिने भएको हो ।
आयोगले आजैबाट उम्मेदवार मनोनयन प्रक्रिया अघि बढाउने प्रवक्ता शालिग्राम पौडेलले बताएका छन् ।
‘निर्वाचन हुनु सात दिनअघिसम्म उम्मेदवारको मृत्यु भएमा त्यहाँ निर्वाचन रोकिँदैन । आयोगले उम्मेदवार मनोनयनको प्रक्रिया छिट्दै सार्वजनिक गर्नेछ । त्यहाँ निर्वाचन रोकिने छैन,’ पौडेलले भने ।
असोज २३ गते उम्मेदवारी दर्ता गराएका थापाको बुधबार बिहान उपचारको क्रममा निधन भएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


