भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न प्रचण्डको निर्देशन

काठमाडौं, २३ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा केन्द्रविन्दु बनाएर गएको भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
बुधबार एक वक्तव्य जारी गर्दै उनले भूकम्पबाट पीडितलाई राहत तथा पुनःस्थापनाका लागि पहल गर्न, प्रभावित परिवारलाई क्षतिपूर्ति दिन प्रदेश र संघीय सरकारसँग अपिलसमेत गरेका हुन् ।
पूर्वप्रधानमन्त्री दाहालले भूकम्पमा परी घाइते भएका व्यक्तिको शीघ्र स्वास्थ्यलाभको कामना र मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
गएराति डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाएर गएको ६.६ म्याग्निच्युडको भूकम्पबाट घर भत्किँदा ६ जनाको मृत्यु भएको छ । भूकम्पमा परी अरू ६ जना घाइते भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


