मोरङ ३ (१) का उम्मेदवार शेखरचन्द्र थापाको निधन

मोरङ, २३ कार्तिक । मोरङ–३ अन्तर्गत प्रदेश सभा (१) का उम्मेदवार तथा प्रदेश सरकारका मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ ।
उनको नोबेल मेडिकल कलेजमा बुधबार बिहान साढे १० बजे निधन भएको नोबेलका प्रशासन प्रमुख नारायण दाहालले जानकारी दिए ।
मंगलबार राति १०स् ३० बजे अचानक स्वास्थ्यमा जटिलता आएपछि उनलाई आईसीयूमा राखिएको थियो । असोज २३ गते उम्मेद्वारी दर्ता गराउँदा देखि नै बिरामी रहेका शर्मा असोज २४ गते उपचारका लागि नोबेल अस्पताल भर्ना भएका थिए ।
उनलाई नोबेलमा उपचार हुन नसकेपछि २७ असोजमा हेलिकोप्टरबाट काठमाडौंस्थित एम्स अस्पताल लगिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


