जनकपुरधाम, २२ कार्तिक । मंसिर ४ गते हुने प्रदेशसभा सदस्य निर्वाचनमा धनुषा–३ को (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार जनमत पार्टीका युवा नेता डा. प्रसन्नकुमार झाले आफू निर्वाचित भए भ्रष्टाचारलाई जरैदेखि उखालेर फाल्ने प्रतिबद्धता जनाएका छन् ।

चिकित्सकीय पेशामा आवद्ध डा. झाले समाज र प्रदेश सुधारका उद्देश्यले जनमत पार्टीबाट आफूले उम्मेदवारी दिएको बताएका हुन् ।

अपराध र भ्रष्टाचारमूक्त समाज निर्माण गर्ने प्रमुख एजेण्डा बनाएर आफू चुनावी मैदानमा उत्रिएको बताउँदै सक्षम नेतृत्वका लागि मतदान गर्न उनले आग्रह गरे ।

समाजमा व्याप्त समस्याहरुलाई नै देखेर त्यसकै समाधानका लागि आफू राजनीतिमा लागेको बताउँदै झाले आफ्नो पक्षमा मतदान गर्न सबैसँग आग्रह गरे ।

मंगलबार घरदैलोका लागि गंगुली पुगेका झालाई मतदाताहरुले स्वागत गरेका थिए ।