आफ्नो जीत सुनिश्चित रहेको कमलको दावी

जनकपुरधाम, २२ कार्तिक । धनुषा क्षेत्र नं. १ बाट जनमत पार्टीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार किशोरी साह कमलले आफू सांसद हुँदा प्रदेशसभाबाट आवासीय सुविधा नलिएको बताएका छन् ।
उनले आवासीय सुविधा नलिने एकमात्र सांसद रहेको कुरा जनतालाई पनि बुझनु पर्ने बताएका छन् ।
उनले जनकपुरधामको चारैतिर १५ किलोमिटरको परिधिभित्र घर हुने सांसदहरुले आवासीय सेवा सुविधा नपाउने नियम रहेको र धेरै सांसदको घर जनकपुरधाममा रहेपनि आवासिय सुविधा नलिने आफू एक्लो सांसद रहेको बताए ।
‘सुरुको चार/पाँच महिनाको आवासीय सुविधा सहितको तलव सांसद मेरो खातामा आइसकेको थियो, उनले भने, ‘मैले पछि नियमानुसार आवासीय सुविधा नलिने भन्दै आएको पैसा पनि फिर्ता गरें ।’
जनताले यस्ता कुराहरु बुझेर मतदान गर्नुपर्ने उनले बताए ।
निर्वाचनको घोषणा भएकै दिन उनले पार्टीको सचेतकका रुपमा पाएको सवारी साधन समेत फिर्ता गरिदिएका थिए ।
कमलले आफू ईमान्दारिताको राजनीति गर्दै आएकोले आफ्नो जीत सुनिश्चित रहेको दावी गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


