२० दिनदेखि सम्पर्कमा नरहेका व्यक्तिको शव भेटियो

हेटौंडा, २२ कार्तिक । गत कार्तिक २ गतेदेखि परिवारको सम्पर्कमा नरहेका ईन्द्रसरोवर गाउँपालिका–३ काप्राङका ५७ वर्षीय सञ्चार थिङको शव फेला परेको छ ।
भिमफेदी गाउँपालिका–८ दोभान खोलामा सडेगलेको अवस्थामा उनको शव फेला पारिएको प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
मृतकका छोराले कपडाको आधारमा शवको पहिचान गरेको उनले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


