प्रचण्डविरुद्ध भोट माग्दा ऊर्जामन्त्री आचार्य बर्खास्तगीमा

पोखरा, २२ कार्तिक । गण्डकी प्रदेशका ऊर्जामन्त्री हरिशण आचार्य बर्खास्तगीमा परेका छन् ।
मन्त्री आचार्यलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गर्न प्रदेश प्रमुखलाई पत्र पठाएका छन् ।
गोरखा–२ मा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेको आरोप लागेको छ ।
उनी बाबुराम भट्टराईनिकट नेता हुन् । उनले २०७४ सालमा बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए ।
यसपटक उनले फेरि प्रदेश सभा सदस्यको उम्मेदवारीका लागि आकांक्षा राखेका थिए । तर, नेपाल समाजवादी पार्टीले उनको क्षेत्रबाट फणिन्द्र देवकोटालाई उम्मेदवार बनाएको छ । यहीकारण उनी असन्तुष्ट भएको हुनसक्ने अनुमान गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


