एमालेलाई भोट माग्ने नैतिक अधिकार छैन : चित्रबहादुर केसी

काठमाडौं, २२ कार्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमालेलाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन् ।
बाग्लुङमा चुनावी सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा एमालेले बारम्बार संसद भत्काएको र उसलाई भोट माग्ने अधिकार नभएको बताएका हुन् ।
केसी बागलुङ–१ बाट सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार छन् ।
उनले ४ मंसिरको निर्वाचनमा प्रतिगमन ढल्ने र सत्ता गठबन्धनले जितेर संविधानको रक्षा गर्ने पनि बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


