धरान, २२ कार्तिक । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो नाम लिएर मत नमाग्न उम्मेदवारहरुलाई आग्रह गरेका छन् ।

नगरप्रमुख साम्पाङले सामाजिक सञ्जालमार्फत उम्मेदवारसमक्ष यस्तो आग्रह गरेका हुन् ।

मेयर साम्पाङले आफूले कसैलाई पनि आफ्नो उम्मेदवार भनेर अघि नसारेको पनि प्रष्ट पारेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘मैले कोही कसैलाई मेरो उम्मेदवार बनाएर अघि सारेको छैन । कसैले मेरो नाम लिएर भोट नमाग्नु होला । यसमा मेरो कुनै संलग्नता नरहेको सबैलाई जानकारी गराउँदछु,।’