कपिलवस्तु, २१ कार्तिक । प्रहरीले बलात्कार आरोपमा कपिलवस्तुबाट एक युवकलाई पक्राउ गरेको छ ।

२८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मायादेवी गाउँपालिका–२ अभिराव बस्ने २० वर्षीय जोगिन्द्र पासीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

पासीले ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।