जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाडौं, २० कार्तिक । काठमाडौं महानगरपालिका–६ नयाँबजार गीताञ्जली चोक बस्ने राजेश श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–१ बस्ने ४३ वर्षीय रोशन ठकुरी समेत १० जना छन् । उनीहरूलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
श्रेष्ठको घरमा जुवा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई २ लाख ४२ हजार रूपैयाँ, कौडा १६ वटा र मोबाइल ११ वटासहित पक्राउ गरेको हो ।
–न्युज कारखाना
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


