सरकारमा गए भ्रष्टाचारलाई जरैबाट अन्त्य गर्छु : रवि लामिछाने

सुर्खेत, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू सरकारमा गए भ्रष्टाचारलाई जरैबाट अन्त्य गर्ने बताएका छन् ।
आइतबार सुर्खेतमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गए भ्रष्टाचारको जरैबाट अन्त्य गर्ने बाचा गरेका हुन् ।
उनले गुणस्तरीय शिक्षा, स्वास्थ, र रोजगारीका लागि अब कोही पनि व्यक्ति विदेश जानु नपर्ने बताए ।
‘आफ्ने बाचापत्रमा सबै प्रष्ट उल्लेख गरेको र सोही बमोजिम काम गर्न नसके फेरी फर्केर मत माग्न आउँदिन,’ उनले भने– ‘देशमा अनेकौं समस्या रहेको र यसको समाधानमा पुराना राजनीतिक दलहरुले चासो दिएनन् ।’
साथै उनले आफ्नो पार्टी सरकारमा गए उपचार गरेर पैसा तिर्न नसक्ने नागरिकको सरकारले तिरिदिने बताए । यस्तै उनले नेपालमा उत्पादन भएका वस्तुहरूको ब्रान्ड एम्बेसडर बन्न तयार रहेको समेत बताए। ‘म बाचा गर्दछु, उत्पादन वृद्धि गर्न र नेपालको उत्पादनलाई प्रोत्साहन गर्न राजनीतिक जीवनभर नेपाली पोसाक मात्र लगाउँछु ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


