लौरो अभियानको समर्थन गौरव केसीलाई

जनकपुरधाम, २० कार्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनमा धनुषा क्षेत्र न ३(ख) बाट प्रदेशसभाका स्वतन्त्र उम्मेदवार गौरव केसीलाई हाम्रो नेपाल पार्टी (लौरो अभियान) ले समर्थन जनाएको छ ।
शिक्षक समेत रहेका केसीको चुनावी एजेण्डा, व्तक्तिगत छवि र बिचारबाट प्रभावित भएर उक्त पार्टीले उनलाई समर्थन जनाएको हो ।
हाम्रो नेपाल पार्टीका उपाध्यक्ष अरुण रौनियारले आइतबार केसीसँग भेटघाट गरी समर्थन गरेका छन् ।
काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साहको उम्मेदवारी पछि सक्रिय भएको लौरो अभियानको युवामाझ अत्यधिक पकड मानिन्छ ।
हाम्रो नेपाल पार्टीको समर्थन पछि आफू अझ शसक्त भएको र जिततर्फ अग्रसर भएको केसीले बताए ।
दलहरुको फोहोरी र नीति बिनाको राजनीतिले जनतामा बितृष्णा बढेको भन्दै केसीले आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


