निर्वाचन कार्यालयमा ताला लगाएको आरोपमा एक वडाध्यक्ष पक्राउ

बारा, २० कार्तिक । निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएको आरोपमा बारा प्रहरीले एक वडाध्यक्ष र वडा सदस्यलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष सुनिल गुप्ता र एकजना वडा सदस्य रहेका छन् ।
उपमहानगरको कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएको आरोपमा प्रहरीले वडाअध्यक्ष गुप्तालाई नियन्त्रणमा लिएको हो ।
निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएर कर्मचारीहरूलाई भित्रै थुनेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


