आगोले जलेर ५ महिनाको शिशुको मृत्यु

बाजुरा, २० कार्तिक । बाजुरामा ५ महिनाको शिशुको आगोले जलेर मृत्यु भएको छ ।
जिल्लाको बुढिनन्दा नगरपालिका–९ अगाउँपानीमा आइतबार बिहान साढे ८ बजे स्थानीय ज्ञानेन्द्र धामीको घरमा आगलागी हुँदा शिशुको ज्यान गएको हो ।
चुलोकोनजिकै सुताइराखेको शिशुको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
यस घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरी प्रमुख सूर्य थापाले बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


