मिथिला र मैथिलीको विकासका लागि काम गर्ने ठाकुरको प्रतिवद्धता

जनकपुरधाम, १९ कार्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनमा धनुषा ३(ख)मा नेकपा एमालेका प्रदेशसभा सदस्य पदका उम्मेदवार दिपेन्द्र ठाकुरले आफू मैथिली र मिथिलाको पक्षमा काम गर्नका लागि सदैव तत्पर रहेको प्रतिवद्धता व्यक्त गरेका छन् ।
शनिबार मैथिली साहित्य समाज जनकपुरधामद्वारा आयोजित मासिक कवि गोष्ठीलाई सम्बोधन गर्दै ठाकुरले मैथिली र मिथिलाको उत्थानका लागि आफूले काम गर्ने प्रतिवद्धता जनाएका हुन् ।
कुनै समयमा विद्या र वैभवको भूमिको रुपमा चिनिने मिथिला क्षेत्र अहिले पछाडी पर्दै गएकोमा उनले चिन्तासमेत व्यक्त गरेका छन् ।
‘यहाँको भाषा संस्कृतिको विकासका लागि खासै कामहरु हुन नसकेकै कारण यो क्षेत्र पछाडी पर्दै गएको छ, उनले भने, ‘मुलुकमा विभिन्न परिवर्तनहरु भए तर ज्ञानभूमिको रुपमा यो क्षेत्र शिक्षामा पछाडी पर्दै गयो, पहिला हामी फस्ट बेन्चर थियौँ, विस्तारै विस्तारै हामी लास्ट बेन्चर भइसकेका छौँ ।’
यो अवस्थामा परिवर्तन ल्याउनका लागि साहित्यिक समाजले समेत अग्रसरता लिनुपर्नेमा ठाकुरको जोड थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


