धनुषा–३ मा सत्ता गठबन्धनका उम्मेदवारहरु निरन्तर घरदैलो अभियानमा

जनकपुरधाम, १९ कार्तिक । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु घरदैलो अभियानमा निरन्तर लागिरहेका छन् ।
मत माग्न घरदैलोमा पुगिरहेका धनुषा ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिलकुमार झा र ३(ख)को प्रदेशसभा सदस्यका उम्मेदवार परमेश्वर साहले मतदाताहरुले आफूहरुलाई स्वागत गर्दै गठबन्धनको पक्षमा मतदान गर्ने आश्वासन दिइरहेको बताएका छन् ।
शनिबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१० र ११ मा घरदैलो गनै पुगेका उम्मेदवारद्वय झा र साहले मतदाताहरुले आफूहरुलाई समर्थन गर्दै ठाउँठाउँमा स्वागत गरेको बताए ।
प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार झाले यसपालि जनताले आफूहरुलाई पुनः अवसर दिए जनताको चाहना र आवश्यकतालाई आत्मसात गर्दै काम गर्ने वाचा गरेका छन् ।
अरु दलका उम्मेदवार भन्दा गठबन्धनका उम्मेदवारहरु जनतामाझ रहँदै आएकाले मतदाताले आफूहरुलाई मन पराएको प्रदेशसभा ३ (ख)का उम्मेदवार परमेश्वको दावी छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


