पर्सा, १९ कार्तिक । पर्सामा एक पुरूष मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ मा शनिबार दिउँसो एक पुरूष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

उनका अनुसार मृतकको पहिचान खुलिसकेको छैन । यद्यपि उनी भारतीय नागरिक हुन् ।

शव पोष्टमर्टमको लागि नारायणी अस्पताल पठाइएको छ । पोष्टमर्टमपछि मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

प्रारम्भीक अनुसन्धानबाट घटना शंकास्पद नदेखिएको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।