माधव नेपाललाई ओलीको कटाक्ष– कांग्रेसको झिँगा धपाउने वामपन्थी

काठमाडौं, १९ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कांग्रेसका पुच्छर भएर झिँगा धपाएको वामपन्थीको संज्ञा दिएका छन् ।
एमालेनिकट प्रवासी नेपाली मञ्चको कार्यक्रममा शनिबार उनले यस्तो बताएका हुन् ।
काठमाडौंमा भएको कार्यक्रममा उनले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले कांग्रेसको पुच्छर भएर झिँगा धपाएर पनि आफूलाई अझै कम्युनिस्ट भन्ने गरेको भन्दै व्यंग्य गरेका छन् ।
नेपालले १५ वर्ष पार्टीको नेतृत्व गरेको र अहिले पार्टी फुटाएको भन्दै उनले नेपालले नेतृत्वमा बसेर रोजी रोजी कलिलो कलिलो नरम नरम खाएकोसमेत आरोप लगाएका छन् ।
‘ठूला–ठूला पद र रोमान्स उनीहरूलाई चाहिने । प्रधानमन्त्री पनि उनीहरूलाई नै चाहिने, जे पनि उनीहरू नै हुनुपर्ने,’ ओलीले भने, ‘हुँदा–हुँदा एकछिन नपाउँदा कांग्रेसको पुच्छर भएर, चौंरीकाजस्तै झम्के पुच्छर भएर कांग्रेसको झिंगा धपाएर बामपन्थी हुँ भन्ने?’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


