आगामी निर्वाचनमा ४७ वटा संस्थाले पर्यवेक्षण गर्ने

काठमाडौं, १९ कार्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनमा ४७ वटा संस्थाले पर्यवेक्षण गर्ने भएको छ । निर्वाचन आयोगले संघ र प्रदेशको चुनावको लागि ४७ पर्यवेक्षण खटाउन अनुमति दिएको हो ।
आयोगका सहायक प्रवक्ता कमल भट्टराईले कुनै पनि पक्ष र विपक्षमा नलाग्ने ४४ राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको जानकारी दिए ।
यी संस्थाबाट देशभर करिब १० हजार पर्यवेक्षक खटिने उनले जानकारी दिए ।
निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा उल्लेख हुने सुझाबलाई निर्वाचन आयोगले ग्रहण गर्ने पनि उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


