धनुषा–१ मा जनमत पार्टीले ‘स्टाटिजी’ बनाएर अभियान चलाउँदै

जनकपुरधाम, १८ कार्तिक । धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ म जनमत पार्टीले जीत हात पार्नसक्ने स्थानीय मतदाताहरुको भनाइ रहेको छ ।
यस क्षेत्रमा सत्तारुढ गठबन्धनवाट पूर्वमन्त्री मातृका प्रसाद यादव र एमाले–जसपा गठबन्धनबाट दिपक कार्की उम्मेदवार छन् ।
पूर्वमन्त्री मातृका ‘टेस्टेड’ उम्मेदवार हुन् । यसअघि पनि चुनाव जितेका उनी पटक पटक मन्त्रीसमेत बनिसकेका छन् । तर, मन्त्री भएपछि पनि काम गर्न नसकेको मतदाताको भनाई छ ।
सो क्षेत्रमा कांग्रेसको बाहुल्यता हुँदाहुँदै पनि उक्त पार्टी सिद्वान्त र गतिहिन भएको, एमालेले जेनुन नेतासँग अन्याय गरेको र मधेशवादी दलले सत्ता र स्वार्थको मात्र खेती गरेको कुरा जनताले बुझिसकेको अवस्थामा क्षेत्रवासीका लागि उत्तम विकल्प जनमत पार्टीका उम्मेदवार रहेको अधिकांशको भनाइ छ ।
जनता सचेत हुँदै गएकाले गठबन्धन दलहरुको मत क्रस हुने सम्भावना बढि रहेकोले यहाँ जनमतको जीत निश्चित रहेको स्थानीय महादेव राउतले बताए ।

उनले जनमतका उम्मेदवार किशोरी साह कमलले राजनीतिक उथलपुथल र विभिन्न असन्तुष्टिका कारण राम्रो मत पाउने दावीसमेत गरे ।
‘किशोरी साह कमल चर्चामा रहेका उम्मेदवार हुन्, राउत भन्छन, ‘यसपालि यस क्षेत्रले राजनीतिको नयाँ डिस्कोर्ष निर्माण गर्छ ।’
जनमत पार्टीले जसरी ‘स्टाटिजी’ बनाएर यहाँ अभियान चलाइरहेको छ, त्यसले झन् चुनावी नतिजामा मतान्तर बढाउने देखिएको छ ।
धनुषा–१ मा कांग्रेस, एमाले र माओवादीले केहि गर्न नसकेको र जनतालाई आफ्नो कब्जामा राखेर अस्वभाविक काम गर्न बाध्य बनाएको परिस्थितीमा आफ्नो जीत सहज हुने कमलको दावी छ ।

धनुषा–१ मा २०७४ को निर्वाचनमा पनि मातृका विजयी भएका थिए । यादवले २६ हजार ४१४ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन संघीय समाजवादी फोरम नेपालका दीपक कार्कीले १७ हजार २८१ मत पाएका थिए ।
मातृका यसअघि पनि माओवादी केन्द्रबाटै २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक कोटाबाट सांसद बनेका थिए । उनी पटकपटक मन्त्रीसमेत बनिसकेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


