पर्सामा बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

पर्सा, १८ कार्तिक । पर्सामा बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका–९ स्थित सडकमा बागमती प्रदेश–०६–००१ ख ०१२२ नम्बरको बसको ठक्करबाट जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने २६ वर्षीया गुन्जना श्रेष्ठको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका लागि नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


