काठमाडौं, १८ कार्तिक । पत्रकार सम्मेलन गर्न बालुवाटार पुगेकी कुमारी आमा नामले परिचित निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्री निवासअगाडि पत्रकार सम्मेलन गर्न आएकाले उनलाई नियन्त्रणमा लिइएको र केहीबेरमा छोडिएको प्रहरीले जनाएको छ ।
आफूलाई कुमारी आमा बताउने राजपुतले केहीअघि आत्मदाहको प्रयास समेत गरेकी थिइन् ।

उनले आफूमाथि शिवराज श्रेष्ठले बलात्कार गरेको र बच्चा जन्मिएको भन्दै श्रेष्ठमाथि कारवाहीको माग गर्दै अनसन पनि गर्दै आएकी थिइन् ।

हालै आएको डीएनए जाँचको रिपोर्टमा उनको छोराको डीएनए श्रेष्ठको डीएनएसँग म्याच भएको छ ।