मंसिर १ देखि सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द हुँदै

काठमाडौं, १८ कार्तिक । सरकारले मंसिर १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन लिने प्रणाली बन्द गर्न लागेको छ ।
यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै लाइसेन्सको अनलाइन आवेदन प्रणाली अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द हुने बताएको हो ।
४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा विभागबाट कर्मचारीहरू खटिनुपर्ने भएकाले सेवा रोक्नु परेको सरकारको दाबी छ । विभागले कहिलेदेखि प्रणाली खुल्छ भन्ने उल्लेख गरेको छैन ।
विभागले लाइसेन्स छपाइ र वितरण चरम ढिलासुस्ती गर्दै आएको छ । ट्रायल पास भइसकेकाहरुले करिब ३ वर्षसम्म पनि लाइसेन्स नपाएको अवस्था छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


