निहारिकाका छोराको डीएनए शिवराजसँग मिल्यो

काठमाडौं, १८ कार्तिक । कुमारी आमा भनिएकी निहारिका राजपुतका छोराको डिएनए बलात्कार आरोपी शिवराज श्रेष्ठसँग मिलेको छ ।
विधि विज्ञान प्रयोगशाला काठमाडौंले शुक्रबार उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र शिवराजको डिएनए मिलेको रिपोर्ट आएको हो ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ का शिवराजले नशालु पदार्थ खुवाएर बलात्कार गरेपछि गर्भ बसेको भन्दै निहारीकाले जाहेरी दिएकी थिइन् । शिवराजले भने ती बच्चा आफ्नो नरहेको दावी गर्दै आएका थिए ।
बच्चा शिवराजकै रहेको निहारीकाको दावीपछि उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले गएको भदौ ८ गते दुवै जनाको डिएनए परीक्षण गर्न आदेश दिएको थियो ।
त्यसपछि उच्च सरकारी वकिल कार्यालय जनकपुरमार्फत निहारिकाको रोहबरमा विधि विज्ञान प्रयोगशाला काठमाडौंमा डिएनए परीक्षण भएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


