कन्टेनरले किचिएर पर्सामा एकजनाको मृत्यु

पर्सा, १८ कार्तिक । कन्टेनरले किचिएर पर्सामा एकजनाको मृत्यु भएको छ ।
जिल्लाको वीरगञ्ज महानगरपालिका–२५ मा बिहिबार साँझ कन्टेनरले किचेर घाइते भएका ३० वर्षीय अशोक यादवको मृत्यु भएको हो ।
बिहिबार साँझ साढे ६ बजे भारतीय नागरिक यादवलाई भारतीय नम्बरको कन्टेनरले ब्याक गर्ने क्रममा किचेको थियो ।
वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा उनको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।
यता, दुर्घटनामा संलग्न कन्टेनरसहित चालकलाई प्रहरीको नियन्त्रणमा रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


