विराटनगर, १७ कार्तिक । विराटनगर–४ मा रहेको एक कोल्ड स्टोरमा ग्यास लिक हुँदा एक कामदारको मृत्यु भएको छ ।

बिहीबार दिउँसो रामजानकी कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर कोल्ड स्टोरका कामदार विराटनगर–५ का ५४ वर्षीय रौदी चौधरीको मृत्यु भएको हो ।

मिस्त्रीको काम गर्दै आएका चौधरीलाई कोल्ड स्टोरभित्र ग्यास लिक भएपछि निसासिएर बेहोस भएको अवस्थामा फेला पारिएको र उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको हो ।