एक सय मतदान केन्द्र अपाङ्ग मैत्री हुने

काठमाडौं, १७ कार्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले १०० वटा मतदान केन्द्रलाई अपाङ्ग मैत्री मतदान केन्द्र बनाउने निर्णय गरेको छ ।
ति मतदान केन्द्रहरुमा साङ्केतिक भाषा सूची, मतदान केन्द्रमा खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोग सम्बन्धी अभिमुखीकरण, मतदान गर्ने तरिका सम्बन्धी ब्रेल सामग्री व्यवस्थापन आयोगले नै गर्ने भएको छ ।
त्यस्तै, रङ्गीचङ्गी डोरी तथा पोल, ¥याम्प निर्माण, ह्वीलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिका लागि टेवुल तथा कुर्सीको व्यवस्थासमेत गरिने भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


