सबै सरकारी कार्यालयमा ‘टाइम कार्ड’ लागु गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा

काठमाडौं, १७ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो बाचापत्र सार्वजनिक गरेको छ ।
रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीको बाचापत्रमा चालन ‘सुशासन : जनताको लागि सरकार सञ्चालन’ भन्ने शीर्षकमा सरकारी कार्यालयको सेवाको विषयमा उल्लेख गर्दै सबै सरकारी सेवा तोकिएको समयमा गर्न ‘टाइम कार्ड’ लागु गर्ने बताएको हो ।
बाचा पत्रमा लेखिएको छ, ‘निर्धारित समय भित्र सेवा प्रदान नगर्ने कार्यालय तथा सरकारी कर्मचारीलाई दण्डित र लक्षित नतिजा हासिल गर्नेलाई पुरस्कृत गरिनेछ ।’ स्वतन्त्र पार्टीले निर्धारित समयमा सेवाग्राहीले सेवा नपाए क्षतिपुर्ति दिने समेत उल्लेख गरेको छ ।
यस्तै सरकारी कामकाजको लागि भर्नुपर्ने कागजातहरु सरकारी कार्यालयमै निःशुल्क भर्ने व्यवस्था गराउने, कर्मचारीहरुको आधारभूत आवश्यकता सरकारले पूर्ति गर्ने लगायतका विषय बाचापत्रमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


