तीन बिग्हा उखुखेतीमा भीषण आगलागी, दुई घण्टापछि नियन्त्रणमा

बारा, १७ कार्तिक । बारामा तीन बिग्हा उखुखेतीमा भीषण आगलागी भएको छ ।
जिल्लाको निजगढ नगरपालिका–८ स्थित अस्सी बिग्हामा रहेको उखुखेतीमा बुधबार दिउँसो ४ बजेदेखि सुरु भएको आगो दुई घण्टापछि नियन्त्रणमा आएको थियो ।
स्थानीय हिरा सारु मगरको १ बिग्हा र राम खत्रीको २ बिग्हा उखुखेतीमा आगो लागेको थियो । किसान हिरा सारु मगरले आगलागीबाट करिब १५ लाखको उखु नष्ट भएको जानकारी दिए ।
बुधबार दिउँसो एकासी लागेको आगलागीबाट तीन बिग्हामा लगाएको उखु पूर्णरुपमा जलेर नष्ट भएको हो । ‘बारीमा पाकेको उखु बिक्री गर्ने तयारीमा लागि परेका थियौं,’ किसान मगरले भने, ‘तयारी उखु जलेर पूर्ण रुपमा नष्ट भयो । कसले के कारणले उखु खेतीमा आगो लागेको त्यो भने खुलेको छैन ।’
आगलागी निजगढ नगरपालिका र कोल्हवी नगरपालिकाको दमकलबाट नियन्त्रणमा आएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


