पर्सा, १७ कार्तिक । वीरगञ्जमा ट्याक्टरको ठक्करबाट घाइते भएका एक पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका–३२ का ५९ वर्षीय चोकट महतो रहेका छन् ।

गत कार्तिक १३ गते ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका महतोको बिहीबार बिहान नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्याक्टरका चालक भने अझै फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।