आगामी निर्वाचनमा गठबन्धनलाई कुनैपनि शक्तिले पराजित गर्न सक्दैन् : माधव नेपाल

जनकपुरधाम, १५ कार्तिक । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा गठबन्धनलाई कुनैपनि शक्तिले पराजित गर्न नसक्ने दाबी गरेका छन् ।
मंगलबार जनकपुरधाममा धनुषा निर्वाचन क्षेत्र नम्बर–२ द्वारा आयोजित पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मुलुकको संविधान रक्षा, स्थायी सरकार र राष्ट्रिय विकासका लागि बाध्य भएर पश्चगमनको विरुद्धमा विद्रोह गरेको बताएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई दास बनाउन खोजेपछि आफूहरुले विद्रोह गरेको बताए । जनताले २०७४ सालको निर्वाचनमा कम्युनिष्ट पार्टीलाई करिब दुईतिहाई बहुमत दिएपनि केपी ओलीले कुनै काम गर्न नसकेको उनले बताए ।
अध्यक्ष नेपालले समाजवादीको चुनाव चिह्न कलमले मुलुकको नयाँ भविष्य निर्माण गर्ने दाबी गरे । उनले गठबन्धन संविधानको रक्षाका लागि बनेको भन्दै कुनै शक्तिले पनि पराजित गर्न नसक्ने दाबीसमेत गरेका छन् ।

कार्यक्रममा पूर्वराज्यमन्त्री संजय साहका समर्थक रामविनोद यादवको अगुवाईमा सयौं जना नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
सो कार्यक्रममा धनुषा–२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका पूर्वमन्त्री रामचन्द्र झालगायतका नेताहरुले बोलेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


