संसद विघटन बाध्यात्मक : अध्यक्ष ओली

काठमाडौं, १५ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन बाध्यात्मक भएको बताएका छन् ।
मंगलबार पार्टीको घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले संसद विघटन हुनु र दुई तिहाइको सरकार ढल्नुको कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपाललाई दोष दिएका छन् । तर, कार्यक्रममा ओलीले अरु कसैको नाम लिएनन् ।
उनले आफूलाई सडकबाट नेकपाको साधरण सदस्यबाट समेत निस्कासन गरिएको बताए । नेकपा एमालेभित्र पनि त्यति बेला अराजक तत्व रहेको भन्दै ओलीले बाध्यात्मक अवस्थामा प्रतिनिधि सभा विघटन गरेको बताएका हुन् ।
उनले त्यति बेला नेकपाभित्र अराजक र अलोकतान्त्रिक कार्य गरिएको आरोप समेत लगाएका छन् ।
उनले सडकबाट समेत अराजक गतिविधि हुन थालेपछि प्रतिनिधि सभा विघटन गरेर नयाँ निर्वाचन घोषणा गर्नु पर्ने बाध्यात्मक परिस्थिति निर्माण भएको पनि बताएका छन् ।
उनले सुरुमा आफूलाई सरकार बनाउन नै नदिन प्रपञ्च गरिएको पनि बताएका छन् ।
उनले सर्वोच्च अदालतको आदेशबाट देउवा नेतृत्व सरकार बन्नु अराजक र अलोकतान्त्रिक भएको पनि कार्यक्रममा बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


