काठमाडौं, १५ कार्तिक । सर्वोच्च अदालतले ललितपुर क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

आयोगले कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेको र उक्त पद लाभ लिएको भन्दै १२ कात्तिकमा कार्कीको उम्मेदवारी खारेज गरेको थियो ।

अन्तरिम आदेशसँगै सर्वोच्चले आयोगसँग लिखित जवाफ पनि मागेको छ ।