काठमाडौं, १५ कार्तिक । नेकपा एमालेले आगामि पाँच वर्षमा नेपालको अर्थतन्त्र १०० खर्बको पुर्याउने लक्ष्य लिएको छ ।

मंगलबार आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै एमालेले ल्याएको घोषणा पत्रमा आगामी ५ वर्षमा मुलुकको कुल ग्रार्हस्थ उत्पादन १०० खर्ब पुर्याउने घोषणा गरिएको छ ।

नेकपा एमालेले ५ वर्षमा नेपालको प्रतिव्यक्ति आय २४ सय डलर अर्थात् ३ लाख पुर्याउने लक्ष्य पनि लिएको छ ।

नेपालमा ५ वर्षमा घुम्न आउने विदेशी पर्यटकको संख्या २५ लाख पुर्याउने पनि एमालेले लक्ष्य लिएको छ ।