निर्वाचनमा प्रयोग गर्न भारतले नेपाललाई दियो २ सय गाडी

काठमाडौं, १५ कार्तिक । आसन्न निर्वाचनमा प्रयोग गर्न भारतले नेपाललाई २ सयवटा गाडी उपहार दिएको छ ।
मंगलबार यी गाडी भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई हस्तान्तरण गरेका हुन् । गाडी हस्तान्तरण कार्यक्रममा जनार्दन शर्माले भारत सरकारलाई धन्यवाद दिए ।
भारतले दिएका यी गाडीमध्ये १२० वटा सुरक्षा निकाय र ८० वडा गाडी निर्वाचन आयोगले प्रयोग गर्नेछन् ।

