नारायणी नदीको घोलमा डुंगा पल्टिँदा तीनजनाको मृत्यु

नवलपरासी, १५ कार्तिक । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुंगा पल्टिँदा तीनजनाको मृत्यु भएको छ ।
वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुंगा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिएका हुन् ।
उनका अनुसार डुंगा दुर्घटना हुँदा सुस्ता–४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृत्यु भएको हो ।
डुंगामा सवार दुईजना नदीमा डुबेर घाइते भएका छन् । घाइते हुनेमा २२ वर्षीय किशोर हरिजन र सोहित सहानी रहेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई उपचारका लागि भैरहवा लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


