सिरहा, १५ कार्तिक । सिरहामा विङ्गरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

जिल्लाको धनगढीमाई नगरपालिका–७ मा विङ्गरको ठक्करबाट मोटरसाइकल चालक गोलबजार नगरपालिका–१२ बस्ने २२ वर्षीय अमरेश कुमार मण्डलको मृत्यु भएको हो ।

ठक्करबाट मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय पार्वती देवी मण्डल घाइते भएकी छन् ।

उपचारको क्रममा कसहा हेल्थ केयर सिरहामा अमरेशको मृत्यु भएको छ । यस्तै, घाइते भएकी पार्वतीको मेट्रो हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रदेश २–०१–००१ प ३९८२ नम्बरको मोटरसाइकललाई बा २१ च ५८४४ नम्बरको विङ्गरले ठक्कर दिएको थियो ।