बुबालाई खुकुरी प्रहार गरी फरार रहेका छोरा पक्राउ

चितवन, १४ कार्तिक । चितवनको माडी नगरपालिकाको रामराज्यपुरीमा आफ्नै बुबालाई खुकुरी प्रहार गरी फरार रहेका छोरालाई प्रहरीले पक्राउ गरेको छ ।
माडी नगरपालिका–६ घर भएका ६५ बर्षीय रामबहादुर गुरुङलाई गएराति टाउकोमा खुकुरी प्रहार गरी फरार भएका छोरा राजन गुरुङलाई माडीकै मजुवा गाउँबाट प्रहरी पक्राउ गरेको हो । रामबहादुरको टाउकोमा गम्भीर चोट लागेको छ ।
अत्याधिक रक्तश्राव भएपछि उनलाई थप उपचारका लागि भरतपुरको चितवन मेडिकल कलेजमा ल्याइएको छ । पक्राउ परेका छोरा राजनलाई इलाका प्रहरी कार्यालय बसन्तपुर माडीमा राखिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


