वीरगञ्जबाट ५ जना जुवाडे पक्राउ

पर्सा, १४ कार्तिक । पर्सा प्रहरीले वीरगञ्जबाट ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका–९ गहवास्थित रमेश खड्गीको खाजा नास्ता र मदिरा समेत खानपीन गर्ने होटलमा जुवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले ५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–८ का ४० वर्षीय अशोक कुमार कानु, सोही ठाउँकै ३३ वर्षीय दिपलाल चौरसिया, वीरगञ्ज महानगलपालिका–७ का २५ वर्षीय अर्जुन तुरहा, वडा नम्बर–१६ का ५० वर्षीय सानु शाही र वीरगञ्ज महानगरपालिका–५ का ४८ रमेश खड्गी रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले ९३ हजार १५० नगद बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरूद्धको कसूर (जुवा) अन्तर्गत अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दीपक गिरीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


