१२ वर्ष कैद सजाय मागसहित सन्दीपविरुद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौं, १४ कार्तिक । बलात्कार आरोप लागेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
प्रमुख तथा सहन्यायाधीवक्ता अच्यूतमणि नेउपानेका अनुसार सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार दिउँसो उनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । उक्त अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार सुरु भएकाले उनको मुद्दा दर्ता हुन सकेको थिएन ।
प्रहरीले उनीविरुद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो । त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको प्रहरीले जनाएको छ ।
उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय माग दाबी गरेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


