मोरङ, १४ कार्तिक । छठ हेर्न गएका एक किशोरको छुरा प्रहारबाट मृत्यु भएको छ ।

प्रहरीका अनुसार आइतबार राति उर्लाबारीस्थित मावा खोलामा छठ पर्व हेर्न गएका झापाको दमक नगरपालिका–१० का १४ वर्षीय डियुज श्रेष्ठको छुरा प्रहारबाट मृत्यु भएको हो ।

छुरा प्रहारबाट घाइते भएका डियुजको उर्लाबारीस्थित गोदावरी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनीमाथि राति करिब १०ः३० बजेतिर छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार छुरा प्रहार गर्नेको पहिचान हुन बाँकी छ । अनुसन्धानका लागि प्रहरीले डियुजसँगै गएका साथीलाई नियन्त्रणले लिएको छ ।